नवलपुरको देवचुलीमा थपिए २ संक्रमित

चितवन । नवलपुरको देबचुलीमा फेरि २ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु देवचुली नगरपालिका ११ र १५ निवासी २१ र १९ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

अस्पतालको आधिकारिक फेसबुक पेजमा उल्लेख भए अनुसार उनीहरु गत जेष्ठ १० गते भारतबाट आएर देवचुली नगरपालिकाको क्वारेनटाईनमा बसेका व्यक्ति हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको जानकारी प्राप्त भएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले संक्रमण पुष्टि भएकाहरुलाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखेर उपचार गरिने बताए । उनले बुधबार पठाएको स्वाब मध्यबाट एकजना र बिहीवार पठाईएको स्वाब मध्यबाट एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

बुधबार र बिहिवार पठाईएका स्वाब मध्य अझै आधा भन्दा बढिको नतिजा आउन बाँकी छ । यो संगै नवलपुरमा संक्रमित हुनेको संख्या ६ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *