प्रधानमन्त्रीले रचना गरेको ‘बन्छ नमुना नेपाल’ सार्वजनिक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली द्वारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ सार्वजनिक गरिएको छ । बैदेशिक रोजगारीमा गएका दिदीबहिनी, दाजुभाईको सम्मान तथा सुस्वाथ्यको कामना गर्दै अन्तरा साङ्गीतिक समुहले गीतको भिडियो स्रोता, दर्शकसामु ल्याएको हो ।

अशोक लोहोरुङ राईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतमा संजय तुम्रोक, दुर्गा परियार र श्रेयसी चेम्जोङको स्वर रहेको छ । गीतमा युवालाई देश विकासमा लाग्न र नमुना नेपाल बनाउँन आग्रह गरिएको छ ।

अशोकको नेतृत्वमा अन्तरा साङ्गीतिक समुहले बिगतमा थुप्रै गीत दर्शकमाझ ल्याईसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा रचना गरिएको गीत ‘बन्छ नमुना नेपाल’ बैदेशिक रोजगारीमा गएका दिदीबहिनी, दाजुभाईको सम्मान तथा सुस्वाथ्यको कामना गर्दै हामीले लिएर आएका छौं ।’ संगीतकार अशोकले भने ।

हेर्नुहाेस भिडियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *