फेरिए चार जिल्लाका प्रमुख जिल्ला अधिकारी

काठमाडौँ । चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृहमन्त्रालयले सोमबार चार जिल्लाका जिल्ला अधिकारी सरुवा गरेको हो ।

सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको भने सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको रुवा गरिएको छ । तर स्याङ्जामा कसलाई पठाउने भन्ने निर्णय भई सकेको छैन ।

यस्तै पर्वतमा शम्भुप्रसाद रेग्मीलाई खटाएको छ भने पर्वतकी सिडिओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ ।

त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

गृहले केही दिन अघि मात्रै ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *