नेकपा सचिवालय बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाइ पनि बोलाइयो

काठमाडौं। नेकपा सचिवालयको बैठकमा स्थायी समिति सदस्य भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा एमसीसी अध्ययन कार्यदलका हैसियतमा उनीहरूलाई बोलाइएको हो।

अध्ययन कार्यदलले दिएको प्रतिवेदनमा एमसीसी यथास्थितिमा पारित गर्न नहुने सुझाव दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अधिवेशनबाट एमसीसीको टुंगो लगाउने चाहना देखिएपछि त्यसमाथि छलफल गर्न नेकपाको सचिवालय बैठक अहिले बालुवाटारमा जारी छ।

प्रधानमन्त्री ओलीले जेठ ६ गते संसद्‌मा सम्बोधन गर्दा एमसीसी पारित गर्नेरनगर्ने संसद्को जिम्मा भएको बताएका थिए। सरकारको नीति नीति तथा कार्यक्रममा ट्रान्समिसन लाइन बनाउने विषय आएको छ, जसलाई नेकपाका नेताहरूले जस्केलाबाट एमसीसी ल्याउन खोजेको रूपमा अर्थ्याएका छन्।

एमसिसी अध्ययन कार्यदलका संयोजक झलनाथ खनाल र सदस्यमा भीम रावल र प्रदीप ज्ञवाली रहेका थिए। बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता मुद्दामा छलफल हुने सम्भावना रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *