क्वारेन्टाइनमा साथीलाई रक्सी पुर्‍याउँदा प्रहरीको फन्दामा

चितवन । क्वारेन्टाइनमा रहेका साथीले रक्सी मगाएपछि पुर्‍याउन गएका एकजनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिकाको बुद्ध शान्ति मा वि मा रहेको क्वारेन्टाइनमा रहेका साथीलाई रक्सी पुर्याउन गएका राप्ती नगरपालिका वडा नम्बर ३ निवासी २५ बर्षिय कुमार थपलियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिंखडाले जानकारी दिए ।

उनलाई बुधबार बेलुका करिब ८ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेठ ३ गते सिरहाबाट चितवन आएका एकजना साथी क्वारेनटाइनमा बसेको र उनले रक्सी ल्याइदिन आग्रह गरेपछि थपलिया रक्सी लिएर गएका थिए । उनीमाथी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *