काेभिड-१९ः ‘यस्ताे बनाउन सकिन्छ लकडाउनकाे नयाँ माेडल’

काठमाडाैं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले काेराेना भाइरससँग लड्न बनाइएकाे लकडाउनकाे माेडल प्रभावकारी नभएकाे भन्दै लकडाउनकाे नयाँ माेडल बनाउन सुझाव दिएका छन् । उनले अबकाे लकडाउनकाे माेडल काेराेना परीक्षण केन्द्रीत हुनुपर्ने बताए ।

पुरानाे लकडाउनमा संक्रमितहरु सीमाबाट निर्बाध रुपमा आइरहेपनि परीक्षणको दायरा अत्यन्तै साँगुरो भएकाे डा. पाण्डेकाे धारणा छ । ‘पुरानाे लकडाउनमा पास र पावरको दुरुपयोग गरेर सुरक्षित क्षेत्र असुरक्षित भए, कोरोना संक्रमण भित्रभित्रै निकै बढ्यो, क्वारेन्टाइन तथा परीक्षणको लापरबाहीले २ जनाको ज्यान गयो, लकडाउनको समयमा बस्तीभित्र भिडभाड भयो ।’ उनले भनेका छन् ।

डा. पाण्डेले अबकाे लकडाउनमा काेराेना परीक्षणकाे दायरा तिब्र बनाउनु पर्ने, सिमानामा कडाइ गरिनुपर्ने, भारतसँग सिमाना भएका सबै जिल्लामा प्रति जिल्ला ५ हजारको क्षमता भएको क्वारेन्टाइन केन्द्रको स्थापना गर्नुपर्ने सुझाएका छन् ।

यसैगरी क्वारेन्टाइनमा हावा, स्वच्छ खाना, पर्याप्त पानी, पंखा, पर्याप्त सौचालय, प्राथमिक उपचारका सामान, एकजना स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यबस्था, अस्पतालसँग कनेक्सन, इम्युनिटी पावर बढाउने जडिबुटी सेवन, ब्यायाम, योग, ध्यान, प्रबचन आदिको ब्यबस्था गर्नुपर्ने उनकाे धारणा छ ।

उनले भाेलीबाट लागू हुने लकडाउनकाे नयाँ माेडलमा १५ दिन सकिन्छ भने देशभर कर्फ्यु वा बैकल्पिक रुपमा कर्फ्यु स्तरको लकडाउन गर्नुपर्ने भनेका छन् । ‘यसो गर्दा संक्रमितमध्ये ८५ प्रतिशत लाई आफै निको हुन्छ, लक्षणदेखिए अस्पताल पुर्याउन सकिन्छ अनि रोग समुदायमा फैलिन पाउँदैन ।’

उनले मान्छेहरु मर्निंग वाक, इभिनिंग वाक, सपिंग आदि कामले बिहानबेलुका घर बाहिर निस्किरहेकाेले बिहानबेलुका कर्फ्यु लगाएर दिउँसो १२-३ बजेसम्म पसल जान समय तोके प्रभावकारी हुने बताएका छन् । साथै डिपार्टमेन्टल स्टोर तथा तरकारी बजार बन्द गर्ने, फलफुल तथा तरकारी स्थानीय पसलबाट खरिदबिक्रि गर्ने ब्यबस्था भएमा भीडभाड नहुने भएकाेले जाेखिम कम हुने उनकाे तर्क छ ।

भिडभाड मुख्य सडकमा नभइ भित्रि बस्तीमा हुने भएकाेले सडकमा ट्राफिक प्रहरी, भित्रि बस्ती र गल्लीमा अन्य सुरक्षाकर्मिको गस्ती गर्ने र मास्क नलगाएमा, सामाजिक दुरी कायम नगरेमा तथा ३ जनाभन्दा धेरैजना सँगै हिँड्ने गरेमा अन्य देशमा जस्तै जरिवानाको ब्यबस्था गरिनुपर्ने सुझाव छ ।

उनले १५ दिनपछि लकडाउन खुकुलो गर्नको लागि रेड, एल्लो, ग्रीन जोन छुट्याउने, बिभिन्न चरणको प्रारूप तयार गर्ने, अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको संख्या बढाउने लगायतका तयारी गर्नुपर्ने भनेका छन् । साथै किसानलाई मल, बिउ तथा अन्य राहत उपलब्ध गराउनु पर्ने भनेका छन् ।

‘यसो गर्यो भने अहिले भित्रभित्रै फैलिएको कोरोना संक्रमण नियन्त्रणमा आउनेछ । पुरानो मोडेल अनुसार लकडाउन थप्नुको कुनै औचित्य छैन ।’ डा. पाण्डेकाे तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *