यूएईले नेपालीलाई काठमाडौं ल्याइदिन अनुमति माग्यो, भनेकै मितिमा आउन दिने अवस्था छैन : परराष्ट्रमन्त्री

काठमाडौं । यूएईले नेपालीलाई काठमाडौं ल्याइदिन नेपालसँग अनुमति मागेको छ । नेपलले विदेशमा रहेका आफ्ना नागरिकको उद्धारमा ढिलाइ गरेपछि युएईले उनीहरुलाई नेपाल पुयाइदिन नेपाल सरकारसँग अनुमति मागेको हो । तर नेपालले भने विदेशमा रहेका ठूलो सँख्यामा नागरिक काठमाडौं भित्रिदा समस्या हुने बताएको छ ।

युएइमा समस्यामा परेका नेपाली नागरिकहरुलाई युएई आफैले काठमाडौं छोडिदिन अनुमति माग्दा पनि सरकारले अनुमति दिन सकेको छैन । यूएईले दुई वटा विमानमा नेपाली कामदारहरुलाई ल्याउन भन्दै नेपाल सरकारलाई पत्र नै पठाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले यूएईले नेपालीहरुरुलाई नेपाल ल्याएर छाडेने गरी अनुमति मागेको भएपनि उसले भनेको मितिमा आउन दिने अवस्था नरहेको बताएका छन् । उनलेभने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ । तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।’

मन्त्री ज्ञवालीका अनुसार श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था छ । विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् । उनले भने ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ ।’

मन्त्री ज्ञवालीले भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गरेपछि नेपालको सीमामा आउने संख्या बढ्ने बताएका छन् । उनले भने ‘त्यसले अहिलेको अवस्थामा उलटफेर ल्याइदिन्छ, त्यसको लागि नेपालले थप तयारी गर्नुपर्ने छ ।’

उनले अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताउँदै भारतमा रहेका सबै नेपाली आउनुभयो भने गाह्रो हुने जानकारी दिए ।

मन्त्री ज्ञवालीले अहिले सीमामा आएर अलपत्र परेका नेपालीहरुको व्यवस्थापनको लागि गृह मन्त्रालयले तयारी गरिरहेको समेत बताए । उनले आजभोलि नै यो विषय टुंगो लाग्ने बताए ।

नेपाल सरकारले कोरोनाको कारण भारतको सीमामा अलपत्र परेका नेपालीहरुको छिट्टै उद्धार गर्ने तयारी गरिहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *