बालुवाटारमा ओली–प्रचण्ड भेट, यी विषयमा भए छलफल
२०७७ वैशाख २६ गते

फाइल तस्विर
काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) अध्यक्षद्वय भेटवार्ता भएको हो । भेटमा संसदको बजेट अधिवेशन र स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको जानकारी दिइएको छ । प्रचण्डसँगको भेट अघि ओलीले आफू निकटका नेताहरुलाई छुट्टै भेटेका थिए।
बालुवाटारमा भएको छलफलमा नेकपाको प्रतिनिधिसभाका प्रमुख सचेतक देव गरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभा संसदीय दलका नेता दीननाथ शर्मा, पार्टी महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी थिए।
संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। त्यस्तै दुई अध्यक्षबीच कुरा मिल्न नसक्दा नेकपा स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन ।
२०७७ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित








