बालुवाटार पुगे प्रचण्ड, प्रधानमन्त्री ओलीसँग संवाद हुँदै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार छलफलमा बसेका छन्। स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न उनीहरु छलफलमा जुटेका हुन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले पनि छलफल जारी छ। आइतबार प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि भेटवार्ता भएको थियो। शनिबार बसेको नेकपा सचिवालय बैठकले वैशाख २४ गते पुन: सचिवालय र २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

उक्त बैठकमा नेताहरुबीच पार्टीलाई एकताबद्ध राख्ने, विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअन्तर्गत सञ्चालन गर्ने सहमति भएको थियो। उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाका लागि उम्मेद्वार बनाउने निर्णयसमेत सचिवालय बैठकले गरेको छ।

स्थायी कमिटी बैठक अघि यी विषयमा पनि ठोस सहमति बनाउने र स्थायी कमिटीमा अनुमोदन गराउने शीर्ष नेताहरुको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *