दाङमा चट्याङमा परी तीन जनाको मृत्यु
मकालु खबर
२०७६ माघ २६ गते
माघ २६, तुलसीपुर । शनिबार दिउसाे दाङमा परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरमा एक महिला र एक बालिका तथा घोराहीमा एक बालकको मृत्यु भएको जनाएकाे छ ।
प्रहरीका अनुसार दिउँसो करीब १ः०० बजे तुलसीपुर उपमहानगरपालिका–७ निवासी गीता चौधरीको घरमा चट्याङले हान्दा उनकी सात वर्षीया छोरी सृष्टि र सोही ठाउँ निवासी ५४ वर्षीया लक्ष्मी आचार्यको मृत्यु भएको हो ।
त्यस्तै घोराही उपमहानगरपालिका– ११ हापुर निवासी सूर्यबहादुर पुरीका आठ वर्षीया छोरा ताराको पनि मृत्यु भएको छ । आँगनमा खेलिरहेको अवस्थामा बालकलाई चट्याङले हानेर घाइते बनाएको थियो ।
null
बालकको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब निरीक्षक सुमित खड्काले जानकारी दिए ।
मकालु खबर
२०७६ माघ २६ गते
प्रतिक्रिया
सम्बन्धित