बिरामी बोक्ने एम्बुलेन्समा चित्तल भेटिएपछि…

माघ २६, बैतडी । डिलाशैनी गाउँपालिकाको बिरामी बोक्ने एम्बुलेन्समा चित्तलको तस्कर गरेको भेटिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले वितरण गरेको आत्याधुनिक सुविधायुक्त एम्बुलेन्समा चित्तल तस्कर गरेको भेटिएको हो ।   

आइतबार दिउँसो डिलासैनी गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्स चेकजाच गर्ने क्रममा एम्बुलेन्समा जंगली जनावरण चितल पाईएको गोकुलेश्वर प्रहरीले जनाएको छ । 

एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छन् भने जनावर मृत चित्तल वन कार्यालय गोकुलेश्वरको जिम्मा लगाइएको छ । 

कञ्चनपुरको महेन्द्रनगरबाट डिलाशैनी गाउँपालिकाको कार्यालय पंसेरा जादै गरेको एम्बुलेन्समा मृत चितल भेटिएको हो ।   

घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =