दुई श्रीमती मिलेर आफ्नो श्रीमान यसरी बाँडफाँट गरेपछी…

माघ ८ ।  भारतमा दुईवटी पत्नी भित्र्याएका एक व्यक्तिको समय श्रीमतीले बराबर बाँडेका छन्। बराबरी हुन नसक्ने एक दिन भने श्रीमान् एक्लै बस्नुपर्ने भएको छ। राँचीस्थित सदर थानामा दुईवटी पत्निले पतिसँग यस्तो सहमति गरेका हुन्। 

घरमा बेमेल भएपछि प्रहरीमा पुगेको मुद्दालाई प्रहरीले हप्तामा ३ दिन जेठी र तीन दिन कान्छीकोमा जाने र एक दिन एक्लै बस्ने प्रस्तावमा दुई पत्नीका पतिलाई सहमत गराएको छ। 

शनिबार ती व्यक्तिकी कान्छी पत्नी प्रहरीमा गएर आफ्ना पति पाँच दिनदेखि घरमा नआएको उजुरी गरेकी थिइन्। राजेश कुमार नाम गरेका ती पति त्यो समयमा जेठी पत्नीसँग थिए। 

प्रहरीले राजेशलाई बोलाएर कान्छीसँग पठाइदियो। त्यसपछि जेठीसँग गए कान्छीले उजुरी गर्ने र कान्छीसँग गए जेठीले उजुरी गर्ने वातावरण उत्पन्न भएपछि प्रहरीले दुवै श्रीमतीको सहमतिमा यस्तो सम्झौता गराइदियो। 

पुलिसको उपस्थितीमा सम्झौता भयोः पुलिसको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौता गरेको बताइन्छ । राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइएको छ त्यसकारण हप्तामा तीन दिन जेठी श्रीमती र अर्को तीन दिन कान्छी श्रीमतीसँग उनी बस्नेछन् । एक दिन उनलाई छुट्टी दिइएको छ, त्यतिबेला उनी आफ्नो इच्छा अनुरुप जुन श्रीमतीसँग पनि बस्न सक्नेछन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *