पुरूषले नै बच्चा जन्माएपछी…

पुस २२ । विश्वमा हरेक दिन नयाँ र अनौठा घटनाहरु भइरहेका हुन्छन् । नेपाली समाजमा गोरु ब्याएको उखान प्रचलित छ । गोरु ब्याउँदैन त्यसैले यो नहुने कुरामा प्रचलित उखान हो । तर केही समय पहिले गोरुले दुध दिने गरेको खबर भने नेपालमा नै भाइरल भएको थियो । यस्तै, पुरुष गर्भवती भएर बच्चा जन्माएर आश्चर्यमा पारेका छन् । 

  

संसारमा यस्तो पुरुष जोडी छन् जसले बच्चा जन्माएर अभिभावक बनेका छन् । अमेरिकाको २८ वर्षका वायली सिम्पसन र २७ वर्षका उनका साथी स्टफिन गेथ यो जोडी हुन् । यो जोडीले जैविक बच्चा जन्माएर पुरुष अभिभावक बनेका हुन् ।  

अमेरिकाका वायली सिम्पसनले केही समय अघि मात्र एक बच्चालाई जन्म दिए । त्यो बच्चा संगको तस्विर सामाजिक संजालमा पोस्ट पनि गरे । केही समय अघि उनले एक टिभी सो मा, ‘म पुरुष हुँ र मैंले नै बच्चा जन्माएको’ भनेका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *