प्रेमिकासँग विवाह गर्न युवकले नाइट क्लबकाे स्पीकर नै चाेरी गरेपछी…

  

माघ १३, काठमाडाैँ ।  कहिलेकाँही गलत बुझाई निकै घातक बन्न सक्छ । गलत बुझाई जुनसुकै बेला जसको जिन्दगीमा पनि हुनसक्छ । र, यो बुझाईले गर्दा कहिले काहीँ कसैले ठूलै गल्ती पनि गर्न सक्छन् । यस्तै एउटा घटना घटेको छ चीनको शंघाई शहरमा । जुन घटना पढेर तपाईं पनि हाँस्नुहुन्छ । 

उक्त शहरका युवा चानको विवाह उनकी प्रेमिकासँग हुन गइरहेको थियो । चान भने विवाहबाट बच्नको लागि अनेक तरिका अपनाइरहेका थिए । यसैबीच विवाहको केही दिन अगाडि मात्रै उनले नाइटक्लबबाट १७ हजारको स्पीकर चोरे । स्पीकर चोरेपछि उनलाई प्रहरीले पक्राउ गर्यो ।   

Image result for प्रेमिका

प्रहरीका अनुसार चानलाई विवाहको केही दिन अगाडि मात्रै आफूलाई प्रेमिकालाई माया नगर्ने कुराको बोध भयो । चानको हातखुट्टा नै काम्यो कि माया नै नलाग्ने प्रेमिकासँग विहे गर्दैछु भन्ने सोचेर । त्यसपछि उनले विवाह रोक्नको लागि कुनै अपराध गर्ने योजना बनाए । र नाइट क्लबको स्पीकर चोरे । 

प्रहरीसँग बयान दिँदै उनले भने, ‘मेरी प्रेमिका मसँग विवाह गर्न चाहान्थिन् । तर म चाहाँदैनथे । त्यसैले मैले चोरी गरेपछि पक्राउ पर्छु भन्ने सोचेर नै चोरेको हुँ । तर यति छिट्टै पक्राउ पर्छु भन्ने लागेको थिएन ।’ 

प्रहरीले उनले गरेको अपराध सानो भएकाले छिट्टै रिहा हुने बताए ।  एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *