भ्यालेनटाइन्स डे मा ताेकियाे छोरा छोरीको विवाह, त्यसअघि नै हुनेवाला सम्धीले सम्धीनीलाई भएपछी

  

  

माघ ९ ।  भनिन्छ प्रेम अन्धो हुन्छ । यसले जात, धर्म, जाती, उमेर, समाज केही पनि हेर्दैन । यो भनाईलाई पुष्टि गर्ने एउटा घटना सार्वजनिक भएको छ । भारतको शहर सूरतमा अचम्मको घटना घटित भएको छ । छोराछोरीको विवाह हुन अघि नै सम्धीले सम्धीनीलाई लिएर भागेका छन् । आमाबुवाको यस्तो कदमपछि छोरा–छोरीको विवाह टुटेको छ । 

Related image

यो घटना सोसल मिडिया र भारतीय राजनीतिमा चर्चाको विषय बनेको छ । दुबै परिवारको तर्फबाट पुलिस थानामा हराएको रिपोर्ट दर्ता भएको छ । 

एक निर्माण व्यवसायी  राजनीतिक पार्टीकी कार्यकर्तासँग जनवरी १० तारिखमा भागेको भारतीय संचार माध्यम भास्करले बताएको छ । अहिलेसम्म उनीहरुबारे केही जानकारी पत्ता लागेको छैन । यसले दुई परिवारको चिन्ता बढाएको उल्लेख गरिएको छ ।  निर्माण व्यवसायीको ती महिलासँग विवाह अघि नै प्रेम सम्बन्ध रहेको र विशेष कारणवश उनीहरुले भिन्न व्यक्तिसँग विवाह गरेको बताइन्छ । 

विवाहपछि पनि उनीहरुबीचको प्रेम सम्बन्ध कायम रहेको र यसलाई थप प्रगाढ बनाउनका लागि यी दुईले आफ्नो छोरा छोरीको पनि विवाह गर्ने निर्णय लिएको स्रोतले उल्लेख गरेको छ । छोराछोरीको भ्यालेन्टाइन्स डेमा विवाह हुने निश्चित भएको थियो । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *