दुई बालकको मृत्यु सुनियोजित तरिकाबाट भएको भन्दै ठूलीआमाबाबुको नाममा किटानी जाहेरी

कञ्चनपुर । कञ्चनपुरका दुई बालकको मृत्यु सुनियोजित तरिकाबाट भएको भन्दै ठूलीआमाबाबुको नाममा किटानी जाहेर परेको छ । 

कृष्णपुर नगरपालिका–३ देखतभूलीका बालक टेक बहादुर सुनार र धन बहादुर सुनारको मृत्यु परिवारकै सदस्यबाट भएको भन्दै आमा विमला देवी सुनारले ठूलीआमा सिता र बाबु लछी सुनारको नाममा किटानी जाहेर दिएकी हुन् ।याे खबर आजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ । 

ठूलीआमा सिताले पकाएको चाउमिन मामाकै घरमा पुगेर मात्रै खानु भनेपछि झन शंका बढेको छिमेकी नन्दादेवी जोशीले बताईन् । उनका अनुसार बालकद्वय चाउमिन खाएर बिरामी पर्नु र सिताको घरबाट प्रहरीले विषालु पदार्थ फेला पार्नुले शंका झन बढको हो । 

null

मृतक बालकका आफन्तले महेन्द्रनगर बजार र महाकाली अञ्चल अस्पतालमा प्रर्दशन गर्दै दोषीलाई कारबाही नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *