कुमारी बैंक र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङबीच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनलको अपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ ।

जर्मनीको सङ्घीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम एसियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियान अन्तर्गत यो साझेदारी गरिएको हो ।

उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनकी एसिया डिभिजन प्रमुख डा। इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका हुन् ।

बैंकका अनुसार दिगो बैंकिङ्गका लागि दुई चरणको खाकामा हरित बैंकिङ्ग अभ्यासहरूलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणहरूमा विभाजन गरिएको छ ।

यो सम्झौता कुमारी बैंकका लागि दिगो बैंकिङ्ग अभ्यासको परिपक्वतातर्फको एउटा निर्णायक कदम भएको कुमारी बैंक लिमिटेडका दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भने । साझेदार संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रिन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ्ग परिपाटीहरूलाई क्रमिकरुपमा अन्तर्राष्ट्रिय अनुभव तथा अभ्यासहरू समेतका आधारमा परिष्कृत तथा परिमार्जन गर्दै हरित वित्त, न्यूनकार्बन उत्सर्जन अनि दिगो तथा उत्थानशील उद्यमशीलता प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा राखेको जनाएको छ ।

सम्झौता अनुसार, डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनले आफ्ना स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धतिहरू जस्तै इसजी रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास आदि उपलब्ध गराई प्राविधिक सहयोग पुर्याउने छ । यसका साथै, ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगहरूको सबलीकरण र हरित उद्यम क्षमता अभिवृद्धि गर्न DISK Business game; पनि सञ्चालन गरिनेछ ।

कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजाने जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =