स्वदेशि पुजी विदेशिनुबाट रोक्न कानुनी प्रावधान लागु गर्न शिक्षकहरूको माग

साउन १७, नेपालगन्ज । शिक्षाको कानुन निर्माण गर्दा निजी विद्यालय सञ्चालन सम्बन्धी छुट्टै ऐनको निर्माण गरी स्वदेशि पुजी विदेशिनुबाट रोक्न कानुनी प्रावधान लागु गर्न शिक्षकहरूले माग गरेका छन् । प्याव्सन बाँके, एन प्याव्सन र हिसान बाँकेले सोमवार नेपालगन्जमा आयोजना गरेको सङ्घीय निजी शिक्षा विषयक अन्तरक्रिया कार्यक्रम सहभागी शिक्षकहरूले यस्तो माग गरेका हुन् ।
मुलुकमै विश्व बजारको जनशक्ति समेत उत्पादन गर्नका लागि कानुनी प्रावधान स्पष्ट गरी सहजिकरण गर्नुपर्ने उनीहरूले माग गरेका छन् । निजी विद्यालय प्रति राज्यको हेर्ने दृष्टिकोण नै फरक रहेको कारण राज्यबाट बारम्बार दुख पाइरहेको उनीहरूले बताएका छन् । शिक्षा क्षेत्रमा समेत राज्यको हेर्न नजर फरक भएका कारण यहाँका विद्यार्थी बाहिर समेत अध्यन गर्न जाने गरेको शिक्षकहरूले बताएका छन् ।


नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शिक्षकहरूले निजी विद्यालयप्रतिको हेपहा प्रवृत्तिले निजी शिक्षकलाई झन् अपमानित गरिरहेको शिक्षकहरूको भनाई छ । निजी विद्यालयलाई अपहेलना गरे पनि निजी विद्यालयका विद्यार्थीलाई पनि फरक नजरले हेर्ने गरेको उनीहरूले आरोप लगाएका छन् । राज्यको व्यवहारले निजी विद्यालयमा लगानी गर्नु नै पाप सरह रहेको निजी शिक्षकहरूले बताएका छन् । गुणस्तरिय शिक्षासंगै निजी शिक्षामा अरबाै खर्च गर्दा समेत राज्यको ध्यान गुणस्तरिय शिक्षामा नगएको उनीहरूको भनाई छ ।
राज्यको व्यवहारले नै निजी विद्यालयका हरेक विद्यार्थीलाई अव अनिवार्य बिमा समेत गराउने तयारीमा रहेको शिक्षकहरू बताएका छन् । निजी विद्यालयका विद्यार्थी कतै एक छिन नास्ता खाना जाँदा समेत हरायो भनेर राज्यको दबाबले निजी विद्यालयमा दबाब सृजना गरेको प्रवित्त समेत कायमै रहेको हुनाले यसलाई उजागर गराउनका निम्ति विद्यार्थी बिमा अनिवार्य लागु गराउने तयारीमा रहेको प्याव्सनका केन्द्रीय महासविच राजेन्द्र बानियाले बताउनुभयो । नेपालमा १० कक्षासम्म अध्ययन गराउने विद्यालयको सङ्ख्या ३५ हजार ९ सय ९१ वटा रहेको छ जसमध्ये ५ हजार ५ सय ४३ विद्यालय निजी लगानीमा सञ्चालित रहेका छन् ।


सरकारी विद्यालयमा ५१ लाख ७३ हजार ४२ जना विद्यार्थी अध्ययनरत रहेको तथ्याङमा उल्लेख गरिएको छ भने संस्थागत विद्यालयमा ९ लाख ५४ हजार ७ सयय ७३ विद्यार्थी अध्ययनरत रहेका छन् । नेपालमा ९ सय ३० वटा धार्मिक विद्यालयहरू सञ्चालनमा रहेका छन् । हाल मुलुकभर ६९ भाषाको पढाई हुने गरेको प्यावसनका केन्द्रीय महासचिव राजेन्द्र बानियाले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरिएको छ । बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा, उपप्रमुख उमा थापा, राप्ती सोनारी गाउँपालिकाका प्रमुख लाहुराम थारु, खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपति, कोहलपुर नगरपालिकाका प्रमुख लुट बहदाुर रावत लगायतका जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *