ट्रयाक्टरले किचेर दुई युवाको मृत्यु

२०७४ जेठ १५ गते

“
तनहुँ, साउन १४ । ढुंगा लिएर फर्कंदै गरेको एक ट्रयाक्टर दुर्घटनामा पर्दा शुक्ला गण्डकी नगरपालिका १२ फिरफिरेको बराहडाँडामा दुई युवाको घटनास्थलमै ज्यान गएको छ । शुक्लागण्डकी १२ कै साँखेबाट बाटो मर्मतका लागि ढुंगा लिएर बोटडाँडा जाँदै गरेको ग १ त ३३२४ नम्बरको ट्याक्टर उकालोमा ब्रेक फेल भै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।
ट्रयाक्टरले च्यापेका मजदुर दुवैको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । निरीक्षक अधिकारीले च्यापिएका उनीहरुको उद्धारका क्रममा ज्यान गैसकेको बताउनुभयो । मृतक दुवै जना सामान लोडमा कार्यरत स्थानीय मजदुर भएको उहाँले बताउनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित