बालमैत्री नगर योजना परिमार्जन गरिने

नेपालगञ्ज, १२ साउन । नेपालगञ्ज उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने योजना अभियानअन्तर्गत निर्माण गरिएकोे त्रिवर्षीय लगानी योजनालाई परिमार्जन गरिने भएको छ । नेपालगञ्ज नगरपालिका रहेको समयमा निर्माण गरिएको बालमैत्री सो योजना पछिल्लो एक वर्षअघि उपमहानगरपालिकामा स्तरोन्नति भएकाले लगानी योजनालाई परिमार्जन गर्न लागिएको सामाजिक विकास केन्द्रका प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो ।


आव २०७४/७५ भित्र बालमैत्री नगरपालिका बनाउनका लागि तय गरिएको ४१ बुँदे सूचकलाई लक्ष्य भेटाउन थपिएका नयाँ ११ वडालाई स्तरोन्नति गर्नुपर्ने भएकाले तोकिएको समय केही पर सर्न सक्ने भएकाले योजनालाई परिमार्जन गर्न लागिएको हो ।
ती वडाको स्तरोन्नतिका लागि सरोकारवाला निकायबीच आवश्यकताअनुसार समन्वय, सहकार्य गरी परिमार्जनमा सहजता ल्याउने प्रक्रियासमेत थालिएको बताइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *