प्रदेश र संघको निर्वाचनमा पनि एमाले पहिलो शक्ति हुने : गौतम

साउन ११, नेपालगन्ज । नेकपा एमालेका कार्यवहाक अध्यक्ष बामदेव गौतमले एमाले स्थानीय तहको चुनावसँगै प्रदेश र संघको निर्वाचनमा पनि पहिलो शक्ति हुने दाबी गर्नुभएको छ । नेकपा एमालेले प्रदेश नम्बर ५ मा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि नेपालगंजमा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै उहाँले स्थानिय निर्वाचनमा ७ वटै प्रदेशमा एमाले पहिलो हुने बताउनु भएको हो ।

उहाँले संविधान कार्यान्वयको पक्षमा एमाले सदैव अगाडी रहेको बताउनुभयो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र लगायतका दलहरु संविधान कार्यान्वयनमा गम्भिर नरहेको बताउदै उहाँले एमाले सदैव संविधानको रक्षाका लागि तयार रहेको बताउनु भएको हो ।

भेलामा प्रदेश नं. ५ अन्र्तगतका सबै जिल्लाको स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष गरि २ सय जनाको सहभागिता रहेको थियो । भेलामा प्रदेश नं. ५ का संयोजक तथा पार्टी उपमहासचिव विष्णु पौडेल, पार्टी सचिव प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, पार्टी केन्द्रीय सदस्य, सांसद, जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *