काँडाघारीबाट ११ वर्षीय बालक अपहरित, ४० लाख रुपैयाँ फिरौती माग

काठमाडौँ, साउन २१ । काठमाडौँको काँडाघारीबाट एक बालकको अपहरण भएको छ । आइतबार बेलुकादेखि हराइरहेका ११ वर्षीय निशान खड्काको अपहरण भएको हो ।

आइतबार हराइरहेका बालकको फिरौती रकमको मागसहित सोमबार बिहान अपहरणकारीले फोन गरेपछि मात्र अपहरणमा परेको खुलासा भएको हो ।

सिन्धुपाल्चोक घर भइ हाल काडाँघारीमा बस्ने ११ वर्षीय निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ । स्थानीय चमेली खड्काकी छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग करोडौं रुपैयाँ फिरौती माग गरेको छ ।

महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले अपहरणकारीले खड्काको परिवारसँग ४० लाख फिरौती मागेको जानकारी दिए । उनले अपहरित बालकको खोजीका लागि प्रहरी परिचालन गरिसकिएको पनि जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *