के हुदैछ कपिल शर्माको कार्यक्रम अहिले बन्द होला त ?

काठमाडौं, १० साउन — कपिल शर्माको शो बन्द हुन सक्ने हल्ला धेरै दिनदेखि चलिरहेकै छ । हालै प्रकाशित एक समाचार पत्याउने हो भने त बन्द हुने ठोस कारण पनि छ । स्पटब्वोएको खबर अनुसार सोनी च्यानलले कपिलसँगको सम्झौता नवीकरण गर्ने मूड पटक्कै बनाएको छैन ।

कपिलको शोको सम्झौता गत अप्रिलमै नवीकरण हुनुपर्ने भएपनि तीन महिना बितिसक्दा अझै भएको छैन । शोको टीआरपी लगातार घटिरहेको र कपिल शर्मा पनि लगातार बिरामी परिरहेको अवस्थामा सोनी नवीकरण गर्न हच्किएको बुझिएको छ ।

विगत दुई महिनामा कपिल सेटमै तीनचोटि बेहोश भइसकेका छन् । कपिलकी दिदीले त भाइ डिप्रेसनको शिकार भएको खुलासा नै गरिन् ।

द कपिल शर्मा शोलाई सोनी च्यानलले बडो आशा र योजनाका साथ लन्च गरेको थियो । यो शोले च्यानलको लोकप्रियता पनि बढाएको छ । यस्तोमा सोनीले शो बन्द नै गर्ने आँट गर्ला कि कुनै नयाँ योजना वा डील बनाउँदैछ यसै भन्न सकिँदैन ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *