दुई अर्ब पचास करोड बजेट फिर्ता

” 

नुवाकोट, साउन ९ । नुवाकोटको विकास निर्माण सहित जिल्लाको सरकारी कार्यालयको खर्च सञ्चालन गर्न आर्थिक वर्ष २०७३÷०७४मा आएको मध्ये साँढे दुई अर्ब रुपैयाँ खर्च नभई फिर्ता भएको छ ।

जिल्मा रहेका सरकारी कार्यालय सञ्चालन गर्न प्राप्त चालुगत र विकास निर्माणको लागी बिनियोजन पुँजीगत खर्च गरी १३ अर्ब ३ करोड ४ लाख रुपैयाँमा १० अर्ब ५३ करोड ११ लाख रुपैयाँ मात्र खर्च भएपछि दुई अर्ब ४९ करोड ९३ लाख रुपैयाँ बजेट खर्च नभई फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

जिल्लाका ७६ वटा सरकारी कार्यालय र कार्यालयको नीति तथा कार्यक्रम सञ्चालन गर्न नौ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ प्राप्त भएकोमा ८६ प्रतिशत मात्र अर्थात ८ अर्ब ७ करोड ८८ लाख रुपैयाँ खर्च भएको प्रमुख कोष नियन्त्रक दामोदर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *