गुल्मीका सबै स्थानीय तहमा कार्यपालिका गठन

गुल्मी, साउन ६ । गुल्मीमा रहेका सबै स्थानीय तहमा कार्यपालिका गठन भएका छन । २ नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा सबै तहमा कार्यपालिका गठन भएका हुन । गठन भएका नगर तथा गाउँ कार्यपालिका अनुसार नेकपा एमालले १ नगरपालिका सहित ७ गाउँपालिकामा एक्लै कार्यपालिका बनाएको छ भने १ नगरपालिका र ३ गाउँपालिकामा नेपाली काग्रेस र माओवादी केन्द्रले संयुक्त कार्यपालिका गठन गरेका छन ।

एमालेले मुसिकोट नगरपालिका, मालिका गाउँपालिका, मदाने गाउँपालिका, इस्मा गाउँपालिका, चन्द्रकोट गाउँपालिका, रुरु गाउँपालिका, सत्यवती गाउँपालिका र छत्रकोट गाउँपालिकामा कार्यपालिका गठन गरेको हो । त्यस्तै नेपाली काँग्रेसले रेसुङ्गा नगरपालिका र गुल्मी दरवार गाउँपालिकामा एक्लै कार्यपालिका गठन गरेको छ भने धुर्कोट गाउँपालिका र कालीगण्डकी गाउँपालिकामा काँग्रेस माओवादी केन्द्रले संयुक्त कार्यपालिका गठन गरेका छन ।

स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लामा नेपाली काँग्रेस र माओबादी केन्द्रले केही स्थानीय तहमा चुनावी तालमेल गरेर चुनावी मैदानमा भएकाले पनि कार्यपालिका गठनमा पनि तालमेल भएको हो । चुनावी तालमेल भएकामध्ये २ स्थानीय तह कालीगण्डकी गाउँ पालिका र धुर्कोट गाउँपालिकामा मात्र काँग्रेस माओवादी केन्द्रले गाउँपालिका गठन गर्न सफल भएका छन ।

अन्य सत्यवती गाउँपालिका, रुरु गाउँपालिका र छत्रकोट गाउँपालिकामा भने एमाले एक्लैले कार्यपालिका गठन गरेको हो । यता जिल्ला समन्वयन समिति गुल्मीमा पनि एमालेको बहुमत सदस्य रहेकाले समन्वय समिति एमाले एक्लैले गठन गर्ने तयारी रहेको बताइएको छ । समितिमा २४ सदस्यहरूले भोट गर्न पाउने मध्ये एमालेको १७ काँग्रेसको ६ र माओवादी केन्द्रको १ भोट मात्र रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *