एनआरएन यूकेको अध्यक्षमा कृष्ण तिमल्सेनाको उम्मेद्वारी

एजेन्सी, लन्डन
बेलायतस्थित व्यवसायी तथा सामाजिक अभियन्ता कृष्ण तिमल्सेनाले एनआरएनए यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

उनले बुधबार सञ्चारमाध्यममार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन् । तिमल्सेनाको घोषणासंगै अब एनआरएनए यूकेको चुनावी मैदानमा अध्यक्षका दावेदार तीन जना पुगेका छन् । हिराधन राईले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने योगकुमार फगामीले यही आइतबार औपचारिक घोषणा गर्ने कार्यक्रम छ ।
हाल यूकेबाट एनआरएनएमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य ९आइसीसी मेम्बर० रहेका तिमल्सेना एनआरएनए यूकेमा सदस्य हुंदै उपाध्यक्ष भइसकेका छन् । संघमा विगत ९ वर्षदेखि उनको नेतृत्वदायी भूमिका छ । नेपलिज सेफ एसोसिएसन यूकेका अध्यक्ष समेत रहेका तिमल्सेना निस्वार्थ सामाजिक र च्यारिटी कामका कारण अधिक रुचाइएका व्यक्तित्व हुन् ।

विगत १७ वर्षदेखि बेलायतमा बस्दै आएका उनी समुदायमा मिलनसार र सहयोगीका रुपमा चिनिन्छन् । उनले निरन्तर रुपमा आपतविपत परेका नेपालीलाई आर्थिक सहयोग र कयौंलाई रोजगारी दिएका छन् भने जन्मस्थान धादिङ धुवांकोटमा शिक्षाको विकासमा समेत उनको सहयोग छ । सन् २००७ मा शुरु क्रिस फुड लिमिटेडका सञ्चालक तिमल्सेनाको नेपालमा होटल, प्रोपर्टी, हाइड्रो लगायतमा लगानी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *