पहिरोले घर बगाउंदा एकको मृत्यु, दुईको अवस्था गम्भीर घाइते

२०७४ जेठ १५ गते

“
डोटी, साउन ६ । पहिरोले घर बगाउँदा डोटीमा एकजनाको मृत्यु भएको छ । हिजो राति आएको वर्षाका कारण आएको पहिरोले सायल गाउँपालिका १ का हरिमल भुलको घर बगाउँदा उहाँका ४ वर्षिया छोरी मनिसा भुलको मृत्यु भएको हो ।
पहिरोमा परी हरिमल भुल र उहाँका श्रीमती जमुना भुल गम्भीर घाईते हुनुभएको प्रहरीले जनाएको छ । राती करिब १२ बजेतिर सुतिरहेको बेला घरमाथि बाट पहिरो खसेर घर नै बगाएको थियो । घर बगाउँदा पशु चौपाया पनि सबै पहिरोमा च्यापिएको स्थानीय धनबहादुर नेपालीले जानकारी दिनुभयो । गम्भीर घाइते दुबैलाई उपचारका लागि स्थानीयको सहायताले बझाङको देउरा अस्पतालमा लैजादै गरिएको नेपालीले जानकारी दिनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित