प्रथम लेडीले सर्पलाई हत्यारा भन्दा..


असार ३१, काठमाडौं । संसदमा समानुपातिक बाट सभाषद् भएकी प्रथम लेडी डा. आरजू राणा देउवाले संसदमा बोलेको मन्तब्य सोसल मिडियामा भाईरल भएको छ ।
गत साता संसदमा बोल्दै डा. आरजू राणाले स्थानीय निकायको निर्वाचन सफल भएको र त्यसमा सभामुखको भूमिका राम्रो रहेको भन्दै धन्यवाद दिइन् । त्यसपछि संविधानले महिलाका हक अधिकारका विषयमा धेरै कुरा उल्लेख गरेपनि कार्यान्वयन तहमा कमजोर भएको भन्दै दैलेखमा घटेको एउटा घटनामा ध्यानाकृष्ठ गराइन् ।
उनले दैलेखमा २१ वर्षिय तुलसा शाहीलाई छाउपडी गोठमा बस्दा सर्पले टोकेर मृत्यू भएको विषयलाई हत्याको संज्ञा दिइन् । उनले भनिन् ‘सभामुख महोदय, दैलेखमा २१ वर्षिय दुतसा शाहीको सर्पले टोकेर हत्या भएको सुन्न आएको छ । सभामुख ज्यू कहिलेसम्म यस्ता दुखद् घटनाहरु हामीले स्न्ने ? हत्यारालाई उपर्युक्त सजायको लागि सरकारको ध्यान आकर्षित होस् ।’
डा. राणाको यो भिडियो फेसवुकमा भाइरल भएको छ ।
धेरैले डा. राणाको संवोधनलाई गिज्याएका छन् । उनले सर्पलाई हत्यारा भन्दै कारवाहीको माग गरेकी छिन् ।

हेर्नुहोस् भिडियो ।   http/www.facebook.com/DharanOnline/videos/1428615370556335/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *