चुनाव पछि मतदातालाई धन्यवाद दिदैमा ब्यस्त सोनारी गाउँपालीका की उपप्रमुख खत्री

बाँके, असार २८ । निर्वाचन सकेर बधाइ थाप्न भ्याइ नभ्याइ भैरहेका बेला बाँकेको विकट क्षेत्र राप्ती सोनारी गाउँपालीका की उपप्रमुख धनि कुमारी खत्री मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नमै व्यस्त हुनुहुन्छ । भौगालिक संरचनाले सबै भन्दा ठुलो गाउपालिका राप्ती सोनारी गाउपालिकाका नव निर्वाचित उपप्रमुख धनि कुमारी खत्री चुनाव सम्पन्न भए पश्चात पनि मतदाताहरुलाइ धन्यवाद ज्ञापनमा लाग्नुभएको हो । रोपाईको चटारो संगै गाउघरका दिदि बहिनी,दाजु भाई ,युवा र वृद्घहरुलाई रोपाई गर्ने ठाउमै पुगेर आफूलाई अमुल्य भोट दिएर जिताउनुभएकोमा धन्यवाद दिन हिडेको उहाँको भनाइ छ ।

विभिन्न योजनाका साथ विकासका लागि प्रतिबद्घता जाहिर गर्दै वहा उहाँ घरदैलोमा व्यस्त हुदा थुप्रै खालका प्रतिकृयालाई आत्मसाथ गर्नु परेको बताउनुभयो । राप्ती सोनारी गाउपालिकामा नेपाली कांग्रेसका लाहुराम थारु प्रमुखमा र नेपाली कांग्रेसकै धनि कुमारी खत्री उपप्रमुखमा पदमा निर्वाचित हुनुभएको थियो ।

यसैबिच सामाजिक सेवा प्रभावकारिताका लागि अभिनन्दन सोनीको संयोजकत्वमा २५ सदस्यीय साझा सभा गठन गरीएको छ । आज बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बनकट्टीमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको पहलमा विभिन्न सरोकारवालाको भेलाले साझा सभा गठन गरेकोे हो । २५ सदस्यीय सभामा समुहमा सरकारी कर्मचारी, शिक्षक, नागरिक समाज, अधिकारीकर्मी, दलका प्रतिनिधी, विभिन्न समुह, स्थानीय अगुवा लगायतको सहभागिता रहेको केन्द्रका जिल्ला जवादेहीता अधिकृत सोम गुरुङले जानकारी दिनुभयो ।

। पारस्परिक जवाफदेहिताः स्थानीय पहल परियोजना अन्तरगत गठन हुने सभाले स्थानीय तहमा प्रवाह हुने सामाजिक सेवा प्रभावकारिता, समस्या, चूनौती पहिचान गर्ने र सुधारका लागि योजना वनाउन सघाउने उद्देश्यले सभा गठन गरीएको केन्द्रका कार्यक्रम म्यानेजर रविन्द्र ज्ञवालीले जानकारी दिनुभयो । गठित सभाले कृषि, स्वास्थ्य, शिक्षा र विपत्का क्षेत्रमा सरकारी सेवा प्रभावकारिता, नीतिगत व्यवस्था र त्यसको कार्यन्वयनमा देखिएका समस्य र चूनौती पहिचान गर्ने र सेवाको प्रभावकारी वनाउन सघाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *