उपेन्द्रले मुख खोले -‘राजपाले चुनाव बहिष्कार गरेर गल्ति गरेयौँ’

काडमाडौं,असार २६ । राजपा दलसँग अलग्गीएर स्थानीय तहको दुवै चरणको चुनावमा भाग लिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुख खोलेका छन् । राजपा चुनावको विरोध गर्नु गल्ती हो । र,चुनाव बहिस्कार गरेर ठूलो भूल गर्दैछ । उनले भने ।

सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बा्ेल्दै अध्यक्ष यादवले आफूहरु संविधान संशोधन विषयमा एक पाइला पछि नहटेको प्रष्ट पारे । ‘हामी यो प्रस्तावको पक्षमा छौ । पार्टीले संशोधनकै पक्षमा मतदान गर्छ । यसमा कसैले द्धिविधा नराख्नुहोस् ।’

संसदमा रहेको संशोधन प्रस्ताव पारित नहुँदासम्म मुलुकले गति लिन सक्दैन उनले भने यसबारे सबैले सोचौँ । आफ्नो पार्टी सरकारमा नजाने भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने ‘जुन दिन हामी सरकारमा जाने आवश्यकत्ता उत्पन्न हुन्छ, त्यही दिन जान्छौं । अहिले यसबारेमा केहीपनि सोचेका छैनौं ।’

यता, प्रतिपक्षी दल एमाले चुनावी मत परिणामको समिक्षा र सत्तापक्षले अघि सारेको संविधान संशोधनको पक्षमा दुई तिहाई बहुमत पुर्‍याउने प्रयास गरिरहेका छलपलमा जुटिरहेका छन् । आज पार्टी कार्यालय धुम्बाराहीमा यस विषयमा बैठक सभा आह्वान गरिएको छ । एमालेले कुनै पनि हालतमा सरकारले ल्याएको त्यो प्रस्ताव पास गर्न नदिने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *