जाजरकोटमा वर्षाका कारण सडक अवरुद्ध

जाजरकोट, असार २६ । गएरातिदेखि निरन्तर परेको वर्षाका कारण जाजरकोट जिल्ला कारागार नजिकै गएको पहिरोले खलंगा–छिन्चु सडक अवरुद्ध भएको छ ।

वर्षाका कारण दर्जन ठाउँमा पहिरोले सडक बगाउँदा खलङ्गा–रिम्ना सडकखण्ड हिजो बिहानैदेखि अवरुद्ध भएको हो भने खलंगा पाँचकाटिया सडकखण्डमा पनि पहिरो जाँदा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जाजरकोट रिम्नादेखि रुकुमको राडी र जाजरकोटको बगारादेखि तल्लुसम्मको सडकमा पहिरोले बाटो पुर्दा यातायात सञ्चालन हुन नसकेको प्रहरी प्रमुख भावेश रिमालले बताउनुभयो । त्यस्तै खलंगा–रिम्ना सडकखण्डअन्तर्गत सडक भत्किएपछि स्यालामा केही स्थानीयको मकैबाली नष्ट भएको छ भने घरसमेत जोखिममा परेका छन् ।

सदरमुकाम खलंगाभित्र पनि आधा दर्जन ठाउँमा सडक भत्किएका छन् । बारेकोट– ३ मा आधा दर्जन घर पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *