मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

कन्फेडेरेसन कपको उत्कृष्ट ११ सार्वजनिक

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबार रातीको फाइनल खेलमा जर्मनीले चिलीलाई १-० ले पराजित गर्दै उपाधि जित्यो। प्रतियोगिताको फाइनलमा पुगेका दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसैको फलस्वरुप प्रतियोगिताको उत्कृष्ट एघारमा चिली र जर्मनीकै खेलाडीको वर्चस्व रहेको छ।

जर्मनी र चिलीका समान ५/५ खेलाडीले उत्कृष्ट एघारमा स्थान बनाएका छन्। त्यसबाहेक पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि प्रतियोगिताको उत्कृष्ट एघारमा पर्न सफल रहेका छन्। रोनाल्डोले पोर्चुगललाई सेमिफाइनलसम्म पुर्याउदा प्रतियोगिताको तेश्रो स्थानको खेल गुमाएका थिए।

चिलीका तर्फबाट गोलरक्षक क्लाउडियो ब्राभो, डिफेन्डर द्वय ग्यारी मेडेल र जन बोसेजरका साथमा मिडफिल्डर आर्टुरो भिडाल र फरवार्ड एलेक्सिस स्यान्चेज टोलीमा परेका छन्। गोलरक्षक क्लाउडियो ब्राभोले प्रतियोगिताको उत्कृष्ट गोलरक्षक भएबापत गोल्डेन ग्लोभ अवार्ड पनि जितेका थिए।

यसैगरी जर्मनीबाट डिफेन्डर द्वय जोसुवा किम्मिच र एन्टोनियो रुडीगरलाई मिडफिल्डका लार्स स्टीन्डल र कप्तान जुलियन ड्रयाक्स्लरले साथ दिएका छन् । प्रतियोगिताकोगोल्डेन बुट विजेता फरवार्ड टिमो वेर्नर पनि टोलीमा रहेका छन्। कप्तान ड्रयाक्स्लर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल उपाधिबाट विभूषित भए।

कन्फेडेरेसन कपको उत्कृष्ट एघार:

गोलरक्षक: क्लाउडियो ब्राभो (चिली)

डिफेन्डर: जोसुवा किम्मिच (जर्मनी), एन्टोनियो रुडीगर (जर्मनी) , ग्यारी मेडेल (चिली), जन बोसेजर (चिली)

मिडफिल्डर: आर्टुरो भिडाल (चिली) , लार्स स्टीन्डल (जर्मनी), जुलियन ड्रयाक्स्लर (जर्मनी)

फरवार्ड: क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), टिमो वेर्नर (जर्मनी), एलेक्सिस स्यान्चेज (चिली)

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com