तिनाउ खोलामा डुबेर मृत्यु

२०७४ जेठ १५ गते

“
पाल्पा, १९ असार । पाल्पाको तिनाउ खोलामा डुबेर वृद्धको मृत्यु भएको छ । पाल्पा माथागढी–३ का ६० वर्षीय पूर्णबहादुर रखालको मृत्यु भएको प्रभाष प्रहरीले जनाएको छ ।
खोलामा बगाएको स्थानीयले प्रहरीलाई खबर गरेपछि पानीबाट उनलाई निकालिएको प्रहरीको भनाइ छ । वैशाख १७ गते घरबाट हिँडेका रखालको आइतबार मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव अहिले जिल्ला अस्पताल पाल्पामा शव परीक्षणका लागि लगिएको प्रहरीले बताएको छ । रासस
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित