विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक: दुर्गा गुरुङ

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत् व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताएकी छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन् ।

सांसद गुरुङले उत्पादित विद्युत् समेत प्रसारण लाइन र भण्डारणको उचित व्यवस्था नहुँदा उपयोग हुन नसकेकाले सरकारले यसको आवश्यक प्रबन्ध गरी ऊर्जा व्यापारको विषयमा आवश्यक कदम चाल्नुपर्ने बताइन् । उनले समयमा नै जलविद्युत आयोजनहरू सम्पन्न गर्न पनि सरकारलाई दबाब दिइन् ।

सांसद गुरुङले भनिन् ‘आज पनि धेरै जलविद्युत आयोजनाहरू समयमा नै सम्पन्न हुन सकेका छैनन् । कतै प्रसारण लाइन निर्माणमा ढिलाइ छ । कतै जग्गा अधिग्रहणको समस्या छ । कतै वातावरणीय प्रभाव मूल्याङ्कनको विषय अड्किएको छ । परिणाम स्वरूप उत्पादन भएको विद्युत् समेत पूर्ण रूपमा उपयोग हुन सकेको छैन । यो केवल प्रशासनिक कमजोरी होइन । राष्ट्रिय स्रोतको उपयोगमा भएको गम्भीर कमजोरी पनि हो । ऊर्जा व्यापारमा सरकारले उचित कदम चाल्नुपर्दछ ।’

सांसद गुरुङले विद्युत्को खपत क्षमता बढाउनका लागि पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =