विपिन आचार्य रास्वपाको महामन्त्रीमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । आचार्यले ६ सय ७३ मत ल्याएर निर्वाचित भए ।

उनका प्रतिस्पर्धी मनिष झाले ३ सय ४६ मन पाए । यसअघि उनी पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा थिए ।

निर्वाचित भएपछि आचार्यले महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण निर्धारित तीन दिनको सट्टा पाँच दिनभन्दा बढी लम्बिएको भन्दै पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग माफी मागे ।

उनले नेपाली जनताले रास्वपालाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =