प्रदेशको संसदीय समितिले संघीय सरकारलाई भन्योः प्राकृतिक स्रोतहरुको व्यवस्थापनमा ध्यान दिइयोस्

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रदेशसभा अन्तर्गतको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले प्राकृतिक स्रोतहरुको व्यवस्थापनमा ध्यान दिन संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सांसदहरुसँगको सामूहिक छलफलमा बोल्दै प्रदेश सभा समितिका सभापति घनश्याम चौधरीले यस्तो भनाई राखे ।

उनले सुदूरपश्चिम प्रदेश प्राकृतिक स्रोतको हिसावले सम्पन्न भएपनि संघीय सरकार र संसदसँगको बलियो सहकार्य नहुँदा त्यसको उचित व्यवस्थापन हुन नसकेको पनि स्पष्ट पारे ।

सभापति चौधरीले तीन वटै तहको सरकार र संघीय संसद तथा प्रदेश सभाबीचको सहकार्य नहुँदा विकास, निर्माणको कामले अपेक्षित गति लिन नसकेको पनि बताए । उनले राष्ट्रिय सभाका सांसदहरुसँगको बलियो सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

सभापति चौधरीले आफूहरुले आफनो प्रदेश मातहतको प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन हुने गरी त्यसको अनुगमन र निगरानीको कामलाई अघि बढाएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =