नाटक ‘स्याल सिंह’ असार १२ गतेदेखि मञ्चन हुँदै
२०८३ असार ९ गते

काठमाडौँ । एक थिएटर नेपालको प्रस्तुति नाटक ‘स्याल सिंह’ यही असार १२ गतेदेखि कुञ्ज थिएटरमा मञ्चन हुने भएको छ। कक्षा ८ को अनिवार्य नेपाली विषयमा समावेश उक्त कथामा आधारित नाटकको निर्देशन तथा परिकल्पना तीर्थराज विश्वकर्माले गरेका छन्।
एक थिएटरका अनुसार नाटक ‘स्याल सिंह’ ले वर्तमान समाजमा क्रमशः हराउँदै गएको मानवीय भावना, करुणा र संवेदनशीलतालाई उजागर गर्ने प्रयास गरेको छ।
नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश कार्की र स्काई राईको अभिनय रहनेछ।
एक थिएटर नेपालका अनुसार यसअघि असार ५ गतेदेखि मञ्चन मिति तय गरेता पनि प्राविधिक समस्याका कारण नाटक १२ गतेदेखि मञ्चन गर्न लागिएको हो।
२०८३ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित









