कक्षा ८ को चर्चित कथा ‘स्याल सिंह’ अब रङ्गमञ्चमा
२०८३ जेठ २८ गते

काठमाडौँ । एक थिएटर नेपालको प्रस्तुति नाटक ‘स्याल सिंह’ असार ५ गतेदेखि मञ्चन हुने भएको छ। कक्षा ८ को अनिवार्य नेपाली विषयमा समावेश उक्त कथामा आधारित नाटकको निर्देशन तथा परिकल्पना तीर्थराज विश्वकर्माले गरेका छन्।
एक थिएटरका अनुसार नाटक ‘स्याल सिंह’ ले वर्तमान समाजमा क्रमशः हराउँदै गएको मानवीय भावना, करुणा र संवेदनशीलतालाई उजागर गर्ने प्रयास गरेको छ।
नाटकमा सोनम तामाङ, सविन थामी, विशाल शाही, सेर्मो तामाङ, सुस्मिता गुरुङ, प्रकाश कार्की र स्काई राईको अभिनय रहनेछ।
२०८३ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित








