जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक

काठमाडौँ । विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (Great Wall Motor) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ । ‘Designed with Intelligence, Shaped by Elegance’ अवधारणामा आधारित यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया पाएको यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ ।

नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको आवश्यकता, सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्न ओरा ५ ईभी सार्वजनिक गरेको जनाएको छ ।

ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टक मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

गाडीको प्रमुख विशेषतामध्ये एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज रहेको छ। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामि मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा, सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजीलगायत आधुनिक फिचरहरु समावेश छन् ।

सुरक्षाका दृष्टिले ओरा ५ ईभीले ५ स्टार एएनक्याप (ANCAP) तथा ५ स्टार युरो एनक्याप (Euro NCAP) सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ । गाडीमा भन्दा बढी एड्‌भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, रडाप्टिन कुज कन्ट्रोल, सामान राख मिल्ने ३३ स्टोरेज स्पेसहरु तथा ट्राफिक साइन रिकग्निसनजस्ता सुरक्षा प्रविधि उपलब्ध छन् ।

जीडब्लुएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित छ । कम्पनीले हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको ३५ वर्षभन्दा लामो अनुभव, अनुसन्धान तथा विकासमा गरिएको लगानी तथा उत्पादन गुणस्तरका कारण जीडब्लुएम विश्वका अग्रणी अटोमोबाइल ब्रान्डमध्ये एक रुपमा स्थापित भएको कम्पनीको दाबी छ ।

विश्वव्यापी सफलता, आधुनिक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रतिस्पर्धी मूल्यका कारण ओरा ५ ईभी नेपाली विद्युतीय सवारी बजारको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =