सुटकेसभित्र ‘घर’ खोज्दै तारिणी (तस्बिरहरू)

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान को आयोजनामा शुक्रबार (वैशाख २५) देखी कान्तिपुर थिएटरमा सुरु भएको ‘त्रिदेशीय नाटक महोत्सव’ को दोस्रो दिन (शनिबार) भारतीय नाटक ‘होम इन अ सुटकेस’ को मञ्चन भएको छ ।

‘द क्रियटिभ आर्ट एकेडेमी’ को प्रस्तुतिमा रमनजीत कौर र रुहानी सिंहद्वारा सिर्जित यो नाटकले विभिन्न शहरमा हुर्किएकी २४ वर्षीया तारिणीमार्फत ‘घर आखिर कहाँ हुन्छ ?’ भन्ने गम्भीर प्रश्न उठाउने प्रयास गरेको छ ।

नाटक ‘होम इन अ सुटकेस’ ले घर, पहिचान र बसाइँसराइँको भावनात्मक कथालाई मञ्चमा उतारेको छ । भारतीय रंगकर्मी रुहानी सिंहको एकल अभिनय रहेको नाटकमा स्मृति, विस्थापन र अपनत्वको खोजलाई शारीरिक अभिनय, कथावाचन र दृश्यात्मक प्रस्तुतिमार्फत प्रभावशाली ढंगले मञ्चमा देखाइएको छ ।

यो नाटकलाई रमनजीत कौरले निर्देशन गरेकी छन् भने दौलत वैदले प्रकाश संयोजन गरेका छन् । बैशाख २७ गते सम्म चल्ने महोत्सवको अन्तिम दिन (आइतबार) भारतीय नाटक “शकुनि” मञ्चन हुनेछ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =