शिल्पीमा ‘ओगुरी, राजकुमारी टेरुते र ओकिनावाकी हजुरआमा’ (तस्बिरहरू)

काठमाडौं। दोस्रो विश्वयुद्धको विभीषिका भोगेकी ओकिनावाकी एक हजुरआमाले भावी पुस्ताका लागि छाडेको शान्ति, प्रेम र क्षमाको सन्देशलाई केन्द्रमा राखेर तयार गरिएको जापानी नाटक ‘ओगुरी, राजकुमारी टेरुते र ओकिनावाकी हजुरआमा’ को शनिबार (असार २० गते) बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिएको छ।
करिब ७० मिनेट लामो यस नाटकले युद्धले मानव जीवनमा ल्याउने विनाश, पीडा र विछोडको कथा मात्रै सुनाउँदैन, जीवनको अमूल्य महत्व र मानिसले रोज्नुपर्ने सहअस्तित्वको बाटो पनि देखाउँछ।
इतिहासमा युद्ध बारम्बार दोहोरिए पनि घृणा होइन, क्षमा र प्रेम नै मानवताको भविष्य बन्नुपर्छ भन्ने सन्देश नाटकले प्रभावशाली रूपमा प्रस्तुत गरेको छ। यस नाटकको लेखन, निर्देशन तथा अभिनय जापानकी चर्चित रंगकर्मी शोको इटोले गरेकी छन्। चार दशकभन्दा लामो रंगयात्रामा उनले विश्वका ९३ देशमा आफ्नो प्रस्तुति दिएकी छन्।
जापानको परम्परागत कथा वाचन शैलीलाई आधुनिक प्रस्तुतिसँग जोडेर आफ्नै विशिष्ट नाट्य शैली विकास गरेकी उनी अन्तर्राष्ट्रिय रंगमञ्चमा परिचित कलाकार हुन्।
उनले आफ्नै नाट्य समूहको स्थापना गरी विभिन्न देशमा शान्ति, मानवता र संस्कृतिलाई जोड्ने विषयमा आधारित नाटकहरू मञ्चन गर्दै आएकी छन्। साथै जापानमा लामो समयदेखि एउटा अन्तर्राष्ट्रिय नाट्य उत्सवको समेत नेतृत्व गर्दै आएकी छन्।
तस्बिरहरू:









