शंकाको छायाँमा सत्यको खोजी, नाटक ‘संशय’ (तस्बिरहरू)

काठमाडौं । प्रसिद्ध अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको विश्वप्रसिद्ध नाटक ‘डाउट: अ प्याराबल’ को नेपाली रुपान्तरणमा नाटक ‘संशय’ को सत्यमोहन थिएटर स्टुडियोमा मञ्चन भइरहेको छ।

यो नाटक पहिलो पटक अमेरिकामा सन् २००४ मा मञ्चन भएको थियो। पछी सन् २००५ मा यो नाटकले  पुलिट्जर पुरस्कार (ड्रामा) तथा टोनी अवार्ड (सर्वोत्कृष्ट नाटक) दुवै जित्न सफल भएको थियो।

यसैगरी  सन् २००८ मा यही कथामा आधारित चलचित्रसमेत बनेको थियो। यहीँ नाटकलाई नेपालमा गौसाला पिङ्गलास्थानमा रहेको नेपाल फ्लिम क्याम्पसले चलचित्र अध्ययनरत बिद्यार्थीलाई लिएर यही असार १९ गतेदेखि मञ्चन सुरु गरेको छ।

यो नाटकको कथा सन् १९६४ तिरको समयमा न्यूयोर्कस्थित एक क्याथोलिक विद्यालय वरिपरि घुम्छ। विद्यालयकी कडा अनुशासनप्रिय प्रधानाध्यापिका सिस्टर एलोयसियस लाई विद्यालयको चर्चका पादरी फादर फ्लिन ले एक विद्यार्थीसँग अनुचित व्यवहार गरेको आशंका हुन्छ। तर, उनीसँग त्यसको कुनै ठोस प्रमाण हुँदैन।

त्यसपछि सुरु हुन्छ, विश्वास र शंका, सत्य र अनुमान, नैतिकता र अधिकार बीचको मनोवैज्ञानिक द्वन्द्व । करिब दुई घण्टा लामो नाटकले अन्तिमसम्म पनि दर्शकलाई स्पष्ट उत्तर दिँदैन। फादर फ्लिन दोषी हुन् कि होइनन् भन्ने कुरा खुला बहस नै रहन्छ। यही अनिश्चितता नै नाटकमा सबैभन्दा ठूलो ‘सस्पेन्स’ रहेको छ।

यस नाटकलाई दिपल बरालले नेपालीमा अनुवाद तथा निर्देशन गरेका छन्। नाटकमा कलाकारहरू सलोनी कार्की, निर्जना महरा, आकाश चौधरी र काफ्नी थापाको अभिनय रहेको छ।

असार २८ गतेसम्म मञ्चन हुने यो नाटकले सत्य के हो भन्ने प्रश्नभन्दा पनि मानिसले कसरी सत्यको अर्थ खोज्छ भन्ने विषयलाई शक्तिशाली रूपमा उजागर गरेको छ। नाटक ‘संशय’ बुधबार बाहेक हरेक साँझ ५:१५ बजे नियमित मञ्चन हुनेछ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =