फेरि चर्चामा सुनिता, भनिन्– ‘५० जनासँग अफेयर भए पनि गोविन्दालाई छाड्दिन’

काठमाडौं । सुनिता आहुजा, जसको पहिचान अब गोविन्दाकी श्रीमती हुनुमा मात्र सीमित छैन् । उनी अब एक स्टारकी श्रीमती हुनुको साथै एक भ्लगर र एक बोल्ड इन्टरनेट व्यक्तित्व पनि बनिसकेकी छिन् । उनको स्पष्ट बोल्ने शैलीका कारण उनी हाल भारतीय रियालिटी शो लकअप– २ मा देखिएकी छिन् । आम जनता मात्र होइन, भारतकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खान पनि सुनिताकी प्रशंसक बनेकी छिन् ।
लकअपको अन्तिम एपिसोडमा फराहले सुनिताको प्रशंसा गरिन् र उनलाई अँगालो हालिन् । ‘म सुनितालाई उनी १६ वर्षकी हुँदादेखि नै चिन्छु । त्यो बेला उनले भर्खरै गोप्य रूपमा विवाह गरेकी थिइन् । गोविन्दको घर मेरो नजिकै थियो । म उनलाई त्यति बेलादेखि नै चिन्छु । त्यति बेला उनी एक स्टार पत्नी बाहेक अरू केही थिइनन् र तर आज उनी अरूका लागि आदर्श बनेकी छन्,’ कार्यक्रममा फराह भन्छिन्, ‘आज सुनिता आफ्ना छोराछोरी र परिवारको लागि सबै कुरा गरिरहेकी छिन् ।’
फराहले सुनितालाई फेरि कहिल्यै आफूलाई स्टार वाइफ नभन्न पनि आग्रह गरिन् । उनले भनिनन्, ‘सुनिता आफैँमा एक स्टार हुन् । उनी अहिले मैदानमा छिन् र आफ्नो परिवार र बच्चाहरूको लागि जे गर्न सक्छिन् त्यही गरिरहेकी छिन् । गोविन्द सबैको हिरो होलान्, तर तिमी मेरो हिरो नम्बर वान हौ ।’ फराहको कुराले सुनिता यति भावुक भइन् की उनले आफ्नो आँसु थाम्न सकिनन् । रुन थालिन । पहिलो पटक उनलाई भावुक देखेर उनका फ्यानहरू पनि भावुक भएका थिए ।
यस कार्यक्रममा सुनिताले आफ्नो वैवाहिक जीवनबारे पनि खुलेर बोल्दै गोविन्दाका जीवनमा धेरै अफेयर भएको दाबी गरेकी छन् । कार्यक्रमका होस्ट फराह र रितेश देशमुखसँगको कुराकानीमा सुनिताले भनेकी छिन्, ‘मायामा परेपछि धेरै कुरा सहन सक्नुपर्छ । चिची (गोविन्दाको उपनाम) का जीवनमा धेरै अफेयर भए । तर जब कसैलाई साँचो माया गरिन्छ, सबै कुरा सहनुपर्छ ।’ उनले आफूले वर्षौँदेखि सम्बन्ध जोगाएर आएको र आज पनि गोविन्दाप्रति आफ्नो प्रेम कायमै रहेको बताएकी छिन् ।
५० जनासँग अफेयर भए पनि गोविन्दालाई छाड्दिन
गोविन्दा र सुनिताले १९८७ मा गोप्य रूपमा विवाह गरेका थिए । छोरीको जन्मपछि मात्रै उनीहरूले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । उनीहरूका दुई सन्तान छन्– छोरी टीना आहुजा र छोरा यशवर्धन आहुजा । ३५ वर्षको वैवाहिक जीवनपछि उनीहरूको सम्बन्ध विच्छेदको खबर आएको थियो ।
सुनिताले बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएको र गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध राखेको आरोप लगाएको भन्ने विषयका खबरहरू बाहिरिएका थिए । तर यही विवादबिच यो जोडीबिच सबै कुरा ठिकठाक भएको खबर सार्वजनिक भएको थियो ।
गोविन्दा र सुनिताले भने सधैँ सम्बन्ध विच्छेदको कुरालाई अस्वीकार गर्दै आएका छन् । पछिल्ला केही वर्षयता उनीहरूको सम्बन्ध विच्छेद हुन लागेको चर्चा पटक-पटक भए पनि दुवैले त्यसको आधिकारिक पुष्टि गरेका छैनन् । बरु सुनिताले सम्बन्धमा उतारचढाव आए पनि आफूले परिवारलाई प्राथमिकतामा राख्दै वैवाहिक सम्बन्ध जोगाएको बताउँदै आएकी छन् ।
लकअपमा अभिनेत्री शिल्पा शिन्देले उनको वैवाहिक सम्बन्धबारे टिप्पणी गरेपछि सुनिता आक्रोशित बनेकी थिइन् । त्यस क्रममा उनले भनिन्, ‘मेरो श्रीमानले ५० जनासँग अफेयर गरे पनि त्यसले अरूलाई के फरक पर्छ ? यो हाम्रो व्यक्तिगत जीवन हो, त्यसमा कसैले हस्तक्षेप गर्नु हुँदैन् ।’ सुनिताको भनाइपछि सामाजिक सञ्जालमा व्यापक बहस सुरु भइरहेको छ । कतिपयले उनको प्रशंसा गरेका छन् भने कतिपयले सम्बन्धमा विश्वासघातलाई सामान्यीकरण गर्न नहुने टिप्पणी गरेका छन् ।








