कौशी थिएटरमा ‘Prima Facie’: न्यायमाथि उठेको कठोर प्रश्न (तस्बिरहरु)

काठमाडौं । टेकुस्थित कथा घेराको कौशी थिएटरमा बिहीबार (फागुन ७ गते)देखि नाटक ‘Prima Facie’ को मञ्चन सुरु भएको छ ।

अष्ट्रेलियाली नाटककार Suzie Miller द्वारा लिखित यो नाटक सन् २०१९ मा पहिलो पटक अष्ट्रेलियामा मञ्चन भएको थियो । त्यसपछि यो नाटक West End र Broadway मा समेत अत्यन्त चर्चित बन्यो ।

आकांक्षा कार्कीको निर्देशन र दुर्गा कार्कीको अनुवादमा नेपाली रंगमञ्चमा पहिलोपटक प्रस्तुत यस संस्करणमा रंगकर्मी पशुपति राईले एकल अभिनय गरेकी छन् ।

यो नाटक टेस्सा नामकी एक ब्यारिस्टरको कथामा आधारित छ, जसले यौन दुर्व्यवहारको आरोप लागेका पुरुषहरूको पक्षमा वकालत गर्छिन् । तर जब उनी स्वयं यौन हिंसाको पीडित बन्छिन्, तब कानुनी प्रणालीप्रतिको उनको विश्वास बदलिन्छ ।

दोषी ठहर गर्न पीडितले अत्यन्त स्पष्ट प्रमाण दिनुपर्ने कठोर मापदण्डमाथि नाटकले गम्भीर प्रश्न उठाएको छ ।

“Prima Facie” को अर्थ “पहिलो दृष्टिमा” भन्ने हुन्छ । तर नाटकले पहिलो नजरमा देखिने कुरा र वास्तविक अनुभवबीच ठूलो अन्तर हुन सक्ने कुरालाई उजागर गर्ने कोसिस गरेको छ ।

नाटक यही फागुन १६ गतेसम्म मंगलबारबाहेक हरेक साँझ ५:१५ बजे मञ्चन हुँदै छ । शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो समेत मञ्चन हुने थिएटरले जनाएको छ ।

तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =