इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधन

काठमाडौं । इन्डियन आइडल सिजन ३ का विजेता तथा चर्चित गायक–अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज बिहान उनको निधन भएको हो । केही स्रोतले हृदयघातलाई निधनको कारण भएको जनाएका छन् ।

नेपाली मूलका भारतीय गायक तामाङ इन्डियन आइडल २००७ को उपाधि जितेपछि नेपाल र भारत दुवैतर्फ लोकप्रिय बनेका थिए । उनले थुप्रै नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा पनि अभिनय गरेका छन् ।

पछिल्लो समय उनले सलमान खान अभिनीत बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए । यो फिल्म २०२० को गलवान भिडन्तमा आधारित रहेको छ ।
तामाङको निधनको खबरले सङ्गीत क्षेत्रमा शोकको लहर छाएको छ । उनका प्रशंसक र शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =