बालेनको कविता : भन्नलाई संसारकै सजिलो
२०८० साउन ६ गते

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह कामका कारण जति चर्चामा छन् त्यो भन्दा कम छैनन् सामाजिक सञ्जालका कारण।
कहिले दलहरूलाई गाली गर्छन् । कहिले न्यायालयलाई । आफूविरुद्ध आएका हरेक टीकाटिप्पणीको जवाफ उनले सामाजिक सञ्जालबाट दिएरै छाड्छन् ।
तर उनले शनिबार भने कविता लेखेका छन्।
भन्नलाई संसारकै सजिलो ,
हुनलाई एक्दमै गाह्रो ,
देखाउन एक्दमै सजिलो ,
देखिन साह्रैनै गाह्रो ,
सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,
सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,
मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?
एउटै मात्र छ प्रश्न ,असल छौ के त ?
२०८० साउन ६ गते
प्रतिक्रिया
सम्बन्धित









