कप्तान रोहित पनि आउट, नेपालले गुमायो छैठौं विकेट
२०८० असार ९ गते

आईसीसी विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्ध खेलिरहेको नेपालले छैठौं विकेट गुमाएको छ। कप्तान रोहित पौडेल क्याच आउट भएका हुन्। ५५ बल खेलेका रोहित ३३ रन जोडेर आउट हुन पुगे।
३२ औं ओभरको खेल सकिँदा नेपालले ६ विकेटको क्षतिमा ११६ रन बनाएको छ। अहिले दीपेन्द्रसिंह ऐरी र गुल्सन झा क्रिजमा छन्।
यसअघि कुशल मल्ल १२ रनमा आउट भएका थिए।
आरिफ खेश ६ रनमा आउट हुँदा भीम सार्की २ रनमा पेबेलियन फर्किए। ओपनर कुशल भुर्तेलले २७ रन जोड्दा आशिफ शेख शून्य रनमै आउट हुन पुगे।
आजको खेल जित्न नसकेमा नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिने छ।
एक सय रन पूरा नगर्दै नेपालले गुमायो ५ विकेट, १२ रनमै आउट भए कुशल
२०८० असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








