नेपाललाई चौथो झड्का, भीम सार्की आउट

आईसीसी विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्ध नेपालले लगातार विकेट गुमाएको छ। नेपालले चौथो विकेटमा भीम सार्कीलाई गुमाएको हो। ५६ बल खेलेर भीम सार्की मात्रै २२ रनमा आउट भए।

यसअघि दुवै ओपनरलाई गुमाएको नेपालले आरिफ शेखलाई पनि सस्तैमा गुमाएको थियो।

४ बल खेलेका आरिफ ६ रन जोडेर पेबेलियन फर्किए।

यसअघि तेस्रो ओभरमा आशिफ शेखलाई शून्य रनमै गुमाउँदा कुशल भुर्तेलले २७ रन जोडेर गए।

१९ ओभरको खेल सकिँदा नेपाल ले ४ विकेटको क्षतिमा ६८ रन जोडेको छ।

नेपालका लागि अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल क्रिजमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + ten =