नेपालले दुवै ओपनर गुमायो
२०८० असार ९ गते

आईसीसी विश्वकप छनोट अन्तरगत नेदरल्याण्डविरुद्ध ५० रन नबनाउँदै नेपालले दुवै ओपनर गुमाएको छ। तेस्रो ओभरमा आशिफ शेखलाई गुमाएको नेपालले १५ औं ओभरमा कुशल भुर्तेललाई पनि गुमाएको हो।
१५ औं ओभरको अन्तिम बल बाँकी हुँदा नेपालले २ विकेटको क्षतिमा ४६ रन बनाएर खेलिरहेको छ।
४२ बल खेलेका भुर्तेल २७ रन जोड्दा क्याच आउट हुन पुगे।
यसअघि नेपालले तेस्रो ओभरको दोस्रो बलमा ओपनर आशिफ शेखलाई गुमाएको थियो।
२ बल खेलेका आशिफ शून्य रनमै बोल्ड भएका थिए।
नेपालका लागि अहिले आरिफ शेख र भीम सार्की क्रिजमा छन्।
२०८० असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








