नेपाललाई सुरुवाती झड्का, आशिफ शून्यमा आउट

आईसीसी विश्वकप छनोट अन्तरगत नेपाललाई सुरुवाती झड्का लागेको छ। नेदरल्याण्डविरुद्ध पहिले ब्याटिङ थालेको नेपालले तेस्रो ओभरको दोस्रो बलमा आशिफलाई गुमाएको हो।

२ बल खेलेका आशिफ शून्य रनमै बोल्ड भए।

तेस्रो ओभरको खेल सकिँदा नेपालले १ विकेटको क्षतिमा ८ रन बनाएको छ। अहिले कुशल भुर्तेल र भिम सार्की क्रिजमा छन्।

विश्वकप छनोटको सुपर सिक्समा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =